पोखरामा दिउँसै चल्यो गोली, लागूऔषध कारोबारी थापा घाइते - News site from Nepal
पोखरामा दिउँसै चल्यो गोली, लागूऔषध कारोबारी थापा घाइते

पोखरा : पोखराको उत्तम चोकमा लागूऔषध बोकेका एक व्यक्तिमाथि कास्की प्रहरीले गोली चलाएको छ।
नियन्त्रणमा लिन खोज्दा पोखरा-१० उत्तम चोककै ३० वर्षीय गोविन्द थापाले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ। प्रहरीले विस्तृत घटना विवरण दिएको छैन । गोली लागेर घाइते थापालाई उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पु‍र्‍याइएको स्रोतले जानकारी दिएको छ।
विहान ११ बजे पोखरा १० उत्तम चोकाको आवर उत्तम क्याफेबाट थापालाई पक्राउ गर्ने क्रममा प्रसनि सन्तोष सुवेदी सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ। त्यस्तै ती व्यक्तिको साथबाट डाईजापाम ५०० थान नुर्फिन ५०० थान र फिनारगन ५०० थान गरि कुल १५०० थान प्रतिबन्धित लागूऔषध बरामद भएको प्रहरी स्रोतले बतायो।  
त्यस्तै घटनास्थलबाट ग १३ प ८२२८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!