
माधव पराजुली पोखरा
पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्क स्थित शुभ कल्याण आधारभुत विद्यालयमा नव निर्मीत ट्रस भवनको उद्घाटन गरिएको छ ।
स्थानिय मेजर स्व.धन वहादुर र नर वहादुर गुरुङको परिवारले १५ लाखको लागतमा उक्त विद्यालयमा ट्रस भवन निर्माण गरिदिएको थियो ।
उक्त विद्यालय भवनको उद्घाटन शनिवार गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री लम्सालले भवन निर्माणमा सहयोग गर्ने स्थानीय मेजर स्व.धन वहादुर र नर वहादुर गुरुङका परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै खालका विद्यालय भवन निर्माण तथा अन्य पुर्वाधारका क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो । देशको मेरुदण्ड नै शिक्षा भएकाले त्यसको विकासका लागि शिक्षा प्रेमी तथा समाजसेवी व्यक्तित्वहरु निरन्तर लाग्न सकेमा विद्यालयको शैक्षिक स्थितीमा आमुल परिर्वतन आउने धारणा राख्नुभयो ।

मन्त्री लम्सालले वुर्जुवा शिक्षाको अब अन्त्य गरी व्यवहारिक तथा प्राविधिक शिक्षाको नयाँ नीति आवश्यक रहेको बताउनुभयो ।
मानिसलाई शिक्षित मात्र बनाउने परम्परागत शिक्षाले नेपालको दक्ष जनशक्ति खेर गइरहेको बताउदै मन्त्री लम्सालले राज्यले अबको परिवेशमा पनि नयाँ निति नलिए देश अशिक्षित र बेरोजगारको राष्ट्र बन्नीरहने धारणा राख्नुभयो ।
“प्रत्येक विद्यालयलाई अब प्रविधि सँग जोड्न आवश्यक छ,विदेश प्लायन हुने शिक्षा अब हामीलाई चाहिएको छैन, मन्त्री लम्सालले भन्नुभयो” जनसंख्या र जनशक्ति जव हामीले राख्न सक्दैनौँ तव सम्म मुलुकको विकास गर्न सक्दैनौँ” ।
अझै पनि शिक्षाको वर्तमान अवस्थालाईनै निरन्तरता दिनेहो भने राज्यले अदक्ष जनशक्ति मात्र पाउने भन्दै तत्काल नेपालको शिक्षा प्रणाली लाईनै परिर्वतन गर्दै प्राविधिक तथा व्यवहारिक शिक्षा पद्धतीलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
समयअनुकूल, गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवश्यकता रहेकाले व्यवहारिक शिक्षा दिन नसक्ने जुनकुनै विद्यालय अब बन्द गर्नुको विकल्प नरहेको बताउनुभयो ।

“विज्ञान र प्रविधिको द्रुतगतिमा विकास भइरहेको आजको युगमा नेपालमा विज्ञान प्रविधि, इन्जिनियरिङ शिक्षा अध्ययन गर्न विद्यार्थीले नयाँ सुत्र प्रयोग गर्न पाउन,मन्त्री लम्सालले भन्नुभयो”व्यक्तिले आर्जन गरेको ज्ञान र सिपको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षाको ध्येय हो ।
आजको शिक्षा जुन मात्रामा व्यावहारिकरूपमा हुनुपथ्र्यो त्यो मात्रामा प्रयोगमा आउन सकिरहेको छैन,उहाँले भन्नुभयो”व्यावहारिक शिक्षाको लागि सर्वप्रथम सरकारी नीति आवश्यक छ,यस तर्फ प्रदेश सरकारको भने ध्यान गईरहेको छ । नयाँ टेक्नोलोजिको आविष्कार गर्न सक्ने शिक्षा राष्ट्रले खोजिरहेको र गण्डकी प्रदेश सरकारले व्यवहारिक शिक्षाका लागि विभिन्न प्रयत्न भने गरिरहेको उहाँको भनाई छ ।
मन्त्री लम्सालले सरकारले अब ल्याउन लागेको नयाँ बजेटले ग्यर बदलिने र मुलुकको स्वरुपमानै परिर्वतन ल्याउने दाबी गर्नुभयो ।
.पोखरा लिंकर कलेजका क्या शेर ब.व.गुरुङले ग्रामिण भेगमा रहेको विद्यालयको पठनपाठनमा सहजता होस भनी आफुहरुले भवन निर्माणमा सहयोग गरेको बताउनुभयो ।
क्या.लाल प्रसाद गुरुङले विद्यालयको भवन निर्माण सँगै विद्यालयमा रु. १ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
कार्यक्रममा लालकाजी गुरुङ,प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी,वडा नं. १४ का वडाध्यक्ष भिम गुरुङ,विद्यालयका प्र.अ.सुयन्द्र शर्मा गौतम लगाएतले बोल्नुभएको थियो ।
सोही अवसरमा विद्यालयमा सरस्वती मन्दिरको समेत शिलान्यास गरिएको छ । सरस्वती मन्दिर निर्माणको लागि आर्थर डाँडाखर्कका पोखरामा बसोबास गर्ने विभिन्न व्यक्तिहरुले करिब ३ लाख रकम समेत सहयोग गरेका छन् । सोही अवसरमा विद्यालयमा आर्थीक तथा भौतिक सहयोग गर्ने सहयोगदाताहरु लाई सम्मान गरिएको थियो ।