खुुसीको खबर ! नेपाल टेलिकमले ल्यायाे ‘नयाँ वर्ष अफर २०७६’ - News site from Nepal
खुुसीको खबर ! नेपाल टेलिकमले ल्यायाे ‘नयाँ वर्ष अफर २०७६’

पर्वत- दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ ।
अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएकाे छ । 
     प्याक २०७५ चैत ३० देखि २०७६ वैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने र एकपटक प्याक किनेपछि ५ दिनसम्म चल्ने बताइएकाे छ । 
*१४१५# डायल गरेर प्याक किन्न सकिनेछ  ।
कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ भने कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!