कुश्मामा रहेको शिवालय माविको शैक्षिक गुणस्तर अभिबृद्धिबारे अन्तरक्रिया - News site from Nepal

पर्वत–पर्वत सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवालाहरुको बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका कर्मचारीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
शिवालय मा.वि.को आयोजनामा भएको कार्यक्रमको समन्वय नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाले गरेको थियो । अन्तरक्रियामा सहभागीहरुका बीचमा नयाँ शैक्षिक सत्र २०७६ मा बिद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि के के गर्न सकिन्छ ? भन्ने बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्ने शिक्षकहरुले आँपूmहरुका कमजोरी औँल्याउँदै विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने कामहरुको बारेमा बिचार राख्नुभएको थियो भने व्यवस्थापन समिति र विद्यालय प्रशासनले पनि शिक्षकहरुले गर्नुपर्ने कार्यसम्पादनको बारेमा जानकारी गराएका थिए । अन्तरक्रियामा बोल्दै कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले विद्यालयमा सि.सि. क्यमेरा जडान गरी हरेक क्रियाकलापको बारेमा नियमन गर्न सुझाव दिँदै आई.सी.टी.को अधिकतम प्रयोग गर्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो । नयाँ शैक्षिक सत्रमा नगरपालिका भित्रका बिद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि आँपूmले योजनाहरु बनाईरहेको बताउँदै उहाँले बिभिन्न ५२ ओटा सूचकमा केन्द्रित रहेर सबै बिद्यालयको अनुगमन गरिने जानकारी गराउनुभयो ।
नगर शिक्षा अधिकृत क्षेत्रीले बिद्यालयमा जाने बजेटलाई रकमान्तर गरेर अन्य शीर्षकहरुमा खर्च नगर्न पनि बिद्यालयलाई अनुरोध गर्नुभयो । यस्तै, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले बिद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिका लागि समितिको तर्पmबाट गर्नुपर्ने कामहरु आँपूmले सम्पादन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बिद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँले नयाँ शैक्षिक सत्रमा शिक्षकहरुलाई नयाँ जोश र जाँगरको साथमा आउन अनुरोध गर्दै शिक्षक सक्रिय भएमा मात्र सिकाई उपलब्धि बृद्धि हुने बताउनुभयो । अन्तरक्रियामा बिद्यालयमा रहेका समस्या, कक्षागत रुपमा नतिजाको समिक्षा, आगामी सम्भावनाको बारेमा पनि छलफल भएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रध्यापक राजेन्द्र पहाडीले गर्नुभएको थियो ।
शिवालय माध्यमिक विद्यालयलमा चालु शैक्षिक सत्रमा ई.सी.डी. देखि १० कक्षासम्म झण्डै ५ सय जना बिद्यार्थी अध्ययनरत रहेका छन । सोही कार्यक्रममा गएको शैक्षिक सत्र २०७४ को एस.ई.ई.मा उत्कृष्ट नतिजा ल्याउने छात्र सिद्धान्त पौडेलका बुबा माधवप्रसाद पौडेललाई नगर शिक्षा अधिकृत क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!