काठमाडौं – नेपाली कामदारका लागि रोजगारको आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा रोजगार अनुमती प्रणाली ईपीएसमार्फत जान चाहानेका लागि चैत्र ८ देखि आवेदन लिईने भएको छ ।
ईपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षाको आवेदन शाखाको आधिकारिक वेभ साईटमार्फत चैत्र १७ गते भित्र भर्नु पर्नेछ । अघिल्लो बर्षको भन्दा बढी कामदार लैजाने बताएको शाखाले सुरुवाती १२ हजार आवेदन मात्र स्विकार गर्ने जनाएको छ । तीनै आवेदनबाट १० हजार ५० कामदारको छनोट गर्ने ईपीएस शाखाको तयारी छ ।
भाषा परीक्षा काठमाडौं र पोखरामा जेठ २५ र २६ गते हुने ईपीएस कोरिया शाखाले जनाएको छ । त्यसको नतिजा असार १३ गते प्रकाशन हुनेछ । कोरियाले उत्पादनमुलक क्ष्ँेत्रमा ७ हजार ५० र कृषि तथा पशुपालनतर्फ ३ हजार नेपाली कामदार लैजाने जनाएको छ ।
भाषा परीक्षा उर्तिण हुनेले दोस्रो चरणमा स्किल टेष्ट पास गरेपछि मात्र रोजगार आवेदन फारम भर्न पाउनेछन् । भाषा परिक्षामा १८ पूरा भई ३९ वर्ष ननाघेका ब्यक्तिले सहभागी हुन पाउने शाखाले जनाएको छ ।