मध्यपहाडी लोकमार्ग को पोखरा–बागलुङ खण्ड दैनिक साढे छ घण्टा बन्द हुँदै, यस्तो छ सेड्युल - News site from Nepal

पर्वत ः निर्माणाधिन मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ । लोकमार्गको पर्वत खण्ड फागुन १ गते बुधवारदेखि लागु हुनेगरी दैनिक साढे ६ घण्टा बन्द गर्न लागिएको हो ।
सडक बिस्तारका लागि पर्वत र कास्कीको सिमान नयाँपुलदेखि कुश्मा नगरपालिका वडा नं. १ अर्मादीसम्मको खण्डमा दैनिक साढे छ घण्टा गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा हिजो साँझ बसेको बैठकले बिहान १० बजे देखि दिउसो साढे दुई बजे सम्म र अपराह्न साढे ४ बजेदेखि ७ बजे सम्म सडक बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवा देखि बेतनी बिचको माहुरी भिर, कुश्मा नगरपालिका वडा नं. ८ स्थित चुवाको भिर र कुश्मा नगरपालिका वडा नं. २ स्थित अर्मादीको भिरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

मध्य पहाडी सडक निर्माण आयोजना अन्तर्गत लामा कन्ट्रक्सन प्रा.लिले उक्त खण्डमा निर्माणको काम तीब्र पारेको छ । ‘महभीर, चुवा र अर्मादीको भिरमा सडक फराकिलो बनाउन पहरा कटान गर्नुपर्ने भएकाले दैनिक साढे छ घण्टा सडक बन्द गर्ने निर्णय भएको हो’ आयोजना प्रमुख आशिष थापा मगरले भन्नुभयोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!