नेकपा सचिवालय बैठक शनिवार बस्ने - News site from Nepal
नेकपा सचिवालय बैठक शनिवार बस्ने
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शनिवार बस्ने भएको छ ।

बैठक शनिवार दिउँसो तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बस्नेछ ।

बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ । यसअघिको बैठकमा मंसिर १४ गते भएको उपनिर्वाचनको समिक्षात्मक रिपोर्टका विषयमा आगमी सचिवालय बैठकमा छलफल गर्ने निर्णय भएको थियो । सवै ठाउँबाट रिपोर्ट नआएको हुँदा अर्को बैठकमा उपनिर्वाचनको विषयमा समिक्षा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका थिए ।

यसअघि सोमबार बसेको सचिवालय बैठकले पार्टीको विधानमा केही संशोधन गर्ने निर्णय समेत गरेको थियो । पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक कार्यदिशा, पार्टीको भावी योजना सहितको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । उनले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने छ ।

सचिवालयका नेताहरुको सुझावका आधारमा प्रतिवदेन परिमार्जन गर्ने र आगामी मंसिर २९ र ३० गतेका लागि तय भएको नेकपा स्थायी कमिटी बैठकमा पेश गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!