अत्तर छर्केका नेता र काँग्रेसको गाउँ जागरण अभियान - News site from Nepal
अत्तर छर्केका नेता र काँग्रेसको गाउँ जागरण अभियान

ठाकुर रसाईली
लेखक

नेपाली काँग्रेसले अहिले दोस्रो चरणको जागरण अभियान संचालन गर्दैछ । यो जागरण कसका लागी हो ? यसले जनतालाई सुधार्ने हो कि नेतालाई ? पहिलो चरणको जागरण अभियानको उपलब्धि के भयो ? यसले गाउँगाउँका जनतालाई कस्तो प्रभाव पारेको छ ? कांग्रेस कति सुध्रिए ? र कांग्रेस कति थपिए ? यी प्रशको समय संगै आउला भोलिको परिणामले बुझाउला । अहिले छोडौं ।
कांग्रेसले जिल्लामा एकादुइ औपचारिक कार्यक्रम चलाउँदा देशका हरेक शहर र कुनामा बसेका कांग्रेस नेताहरू जिल्लामा आउँछन् । त्यसैगरी यो जागण अभियानमा पनि सिजनमा आउने नेताहरू देखिरहन्छ्न । लाग्छ, जिल्ला जाने भनेपछि नयाँ कोट नयाँ साडी किनेर पहिरन नै बदलेर झिल्के बन्नलाइ केही दिन सापिङ्ग मै समय दिए होलान् । गाउँगाउँका जनताले पार्टीका निर्बाचनमा विभिन्न तहमा जिताएको के बेलाबखत सिजनमा गाउँ पुग्नुलाई हो ?
गएको निर्बाचनमा सबैजसो निकाएमा नेकपाको गठजोडबाट बनेको सरकार छ । ती ठाउँमा कांग्रेसले नेकपाको ताण्डब नाच हेर्नू सिबाय अरु केही छैन । गाउँगाउँका कांग्रेस आवाज नभए जस्ता भएका छ्न, ताकत नभए जस्ता भएका छ्न, नेकपाको सरकारले मनलाग्दी दिएका चड्कन खेपेर सिथिल भएर बसेका छ्न । ती जनताको आवाज बनेर कति ठाउँमा पुग्यो कांग्रेस ? कति ठाउमा पुगे अत्तर छर्केर गाउँ छिर्ने नेताहरु ? कति जनताले पाए राहतको अनुभुती ? नेकपाको कुन सरकारलाई औंला ठड्यायो कांग्रेसले र कुन सरकार सहि बाटोमा हिंडिरहेछ ? जनाताहरुका पीडा जहाँ थिए हिजो त्यहीँ छ्न आजपनी ।
गाउँगाउँमा जिल्लामा बसेर जनताको समस्या बोकेर हरेक कार्यलय पुग्ने, जनताको दु:ख सुखका सहयात्री बनेका नेता कार्यकर्ताहरुको खोजी हुँदैन । कहिले कहिँ गाउँ छिर्ने झुल्किने नेताहरूको हालीमुहालीका अंघि जनताको काम गर्ने नेता केही हैन जस्तो गर्छन् । यसले काम गर्नेलाई उत्प्रेरणा दिँदैन । निश्चित दिन गाउँ आउनेहरु आफ्नै धन्दामा फर्किन्छ्न अनि कसरी बन्छ संगठन !
जागरण अभियानमा सबैको सहभागीताको खडेरी नै छ । नेताहरू आफ्ना मन पर्ने कार्यकर्ता आफ्ना खेमाका झुन्ड नै बोकेर गाडीमा ठेलाठेल गर्दै घुँइकनमा ब्यस्त छ्न । आफुलाइ मन नपरेकाहरु जतिनै बौद्धिक र सांगठनिक भए पनि पाखा नै लगाउँछन् ।  फलानोलाई नलाने, फलानो गएको ठाउँमा नजाने भनेर एकअर्कामा प्रतिशोध प्रतिस्पर्धा सांधेर कसरी बन्छ संगठन ? पार्टीको राजनीतिक क्रियाकलापमा संधै पाखा लगाएको रीस नेता कार्यकर्ताले चुनाबमा देखाइरहन्छ्न । कहिल्यै चाहिन्छ जस्तो नगर्ने अनि चुनाबमा भोट हाल्ने मन कसरी आओस् त ! सबै नसमेटिनु, एकत्रित भएर नहिँड्नु त अभिसाप नै हो ।
बिचार, बौद्धिकता, सक्रियता सांगठनिक चेत शुन्य भए पनि नेताको जयजयकार र चाकरी गर्ने मान्छेहरु संधै नेताको रोजाइमा पर्छन् । यो पनि कांग्रेसको क्यान्सर नै हो । काम नै नगरी नेताहरूकै मालिस गर्दै पालिनेहरुले गर्दा संगठनको काम गर्नेहरुमा बितिष्णा जगाइदिन्छ । नेतृत्वले खास को ठिक को बेठीक छुट्याउनु आबश्यक छ । चाकरी नगर्ने हरु असक्षम पटक्कै हुँदैनन् । सबै जय नेपाल भन्नेहरू कांग्रेस हुँदैनन् ।
हिँडेर जनताको घरदैलो पुग्ने नेताहरू कति छ्न । संगठनको काम गर्दा गर्दै आर्थिक रुपमा सबल नभएका नेताहरु थुप्रै छ्न । उनिहरुलाई आर्थिक रबाफ मच्चाउँदै वास्ता नगर्ने कि संगै सहयात्री बनाउने ? आर्थिक पनि राजनीतिका सुदृढीकरणका लागि सबथोक हैन रहेछ भन्ने उदाहरण पनि छ्न ।
दुरदराजका जनताहरुले नेपाली कांग्रेस पार्टीले कस्तो नियम अक्तियार गरेको छ के थाहा हुन्छ ? जागरण अभियानका एजेन्डाको के मत्लब ? जनताका आफ्नाआफ्ना ठाउँअनुसार आफ्नाअफ्नै किसिमका समस्याहरु छन । ती समस्याहरु संग साझेदार गर्न पुग्नुपर्छ नेता कार्यकर्ता । त्यो हुनुपर्छ जागरण अभियान । नेताका एजेन्डाले जनताका समस्या हल पक्कै गर्दैन । ७७ वटा जिल्लाका समस्या एउटै छैनन् । त्यस्तै पर्वतका ६१ वडाका समस्या समान छँदैछैनन् ।
नेताहरूको व्यबहार पुरानै, जनताका पिडाहरु जस्ताको त्यस्तै जहाँको त्यहीँ, नेकपाले छानीछानी पीडा दिने चलन उस्तै, चिल्ला गाडीहरुमा खचाखच नेताहरू भरिएर गरेको भ्रमणले कति अर्थ राख्ला !जनताहरुमा खास प्रभाव पर्ला र !
नेपाली राजनीतिक इतिहासमा विभिन्न कालखण्ड पार गर्दै, लड्दै भिड्दै, राणा, पञ्चायत, राजा फाल्दै लोकतान्त्रिक शासन ल्याउन ड्टेर खटेको कांग्रेस आफ्नो इतिहास जोगाउन बँचोस ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari