
पर्वत–पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीवाट चार जना जुवाडे नगद सहित पक्राउ परेका छन् ।
बुधवार दिउँसोदेखि स्थानीय लक्ष्मी श्रेष्ठको घरमा ठुलै आर्थिक कारोवार हुनेगरी जुवा खेलिरहेका चार जना जुवाडे नगद रु २ लाख १७ हजार २ सय रुपैया सहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोहि वडाका स्थानीय ३७ वर्षीय दिनेश ढकाल, ३५ वर्षीय नवराज अधिकारी, सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं ६ घर भई हाल सोहि ठाउँमा बस्दै आएका ३८ वर्षीय उमाभक्त वस्नेत र फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीका ५० वर्षीय रामप्रसाद तिवारी रहेका छ ।
प्रहरीका अनुसार जुवा खालमै रहेका स्थानीय ३८ वर्षिय मदन शर्मा भन्ने रुद्र शर्मा पौडेल भने फरार भएका छन् । उनको खोजी कार्य भैरहेको छ ।
जुवातास खलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षक राजन रायमाझीको नेतृत्वमा गएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेहरुालई बिहीवार जिल्ला प्रशासन कार्यालय पर्वतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान भैरहेको छ ।
उनिहरलाई जुवा खेल्न वा सट्टावाजी गर्न नहुने कसुर अन्तरर्गत मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए । उनिहरुलाई बिहीवार जिल्ला प्रहरी कार्यालयले तास र नगद सहित सार्वजनिक गरेको थियो ।