नदिमा स्नान गर्दै मन्त्री लम्सालले भने कालिगण्डकी सभ्यताको प्रवर्द्धन,प्रदेशको समृद्धिको आधार - News site from Nepal

माधव पराजुली,पोखरा

गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वमा एक मात्र शालिग्राम पाईने पवित्र कालिगण्डकी नदि गण्डकी प्रदेशको समृद्धिको आधार भएको बताउनुभएको छ । साउन महिनाको अन्तिम सोमवारको अवसरमा पवित्र धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी धाममा आयोयजित चौसठ्ठि ज्योतिर्लिङ्ग प्रतिष्ठाको रुद्राभिषेक कार्यक्रममा बोल्दै मन्त्री लम्सालले कालिगण्डकी नदीको धार्मीक, सांस्कृतिक तथा पर्यटकीय विकासले देशलाई गति दिन सक्ने धारणा राख्नुभएको हो ।
कालिगण्डकीको स्नान समेत गर्नुभएका मन्त्री लम्सालले कालिगण्डकी नदीको बेग्लै ऐतिहासिक र पौराणिक महत्व रहेको चर्चा गर्दै मुक्तिनाथ,कागवेनी,गलेश्वर,मोदीवेणी,जैमिनीघाट,सेतीवेणी,रानिघाट,रिणी,राम्दी,उत्तर वाहिनी क्षेत्र,देवघाट र त्रिवेणी धाम लगाएतका धार्मीक पर्यटकीय स्थलहरु सँग जोडिएको कालिगण्डकी नदिको सभ्यतालाई लिपिबद्ध गर्न सके समग्र गण्डकी प्रदेशको समृद्धिको आधार निश्चितरुपमा बन्न सक्ने बताउनुभयो । ¥याफ्टिङ समेत सञ्चालन हुदै आएको कालिगण्डकी नदीको धार्मीक तथा पर्यटकीय महत्व यसै बेग्लै छ, मन्त्री लम्सालले भन्नुभयो” नदीजन्य पदार्थहरु तथा उर्जा बाट पनि हामीले गण्डकी प्रदेशलाई समृद्धिको मार्गमा हिड्याउन सक्छौँ ।
मन्त्री लम्सालले धार्मिक पर्यटनको विकासबाट मुलुकको समृद्धि सम्भव हुने बताउनुभयो । नेपाल कला, धर्म, संस्कृति र प्रकृतिको खानी भएकोले यिनीहरुको जगेर्ना गर्न सकेमात्र बाह्य पर्यटकहरु भित्र्याउन सकिने बताउँदै पर्यटन क्षेत्रनै मुलुकको बलियो आधार भएको बताउनुयो ।
मन्त्री लम्सालले विश्वकै अलौकीक महिमा रहेको कालीगण्डकी सभ्यतालाई लिपिवद्ध गर्नका लागि अहिले आफ्नो मन्त्रालयले विभिन्न योजनाहरु बनाईरहेको बताउनुभयो ।
कालीगण्डकी सभ्यताको प्रचार प्रसार गर्न सकेमा यस क्षेत्रकै ठुलो उपलव्धी हुने बताउँदै यसका लागि सवै धार्मिक आस्थावान व्यक्तिको सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले मोदीवेणीको विकासका लागि मन्त्रालयको तर्फवाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाईरहेको बताउँदै हालसम्म अपेक्षा गरे भन्दा बढि पर्यटकहरुको आवागमन भैरहेको बताउनुभयो । उहाँले पर्यटन वर्ष २०२० लाई सफल बनाउन अहिले पर्यटन पूर्वाधारमा प्रदेश सरकारले जोड दिएको बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले दुई जिल्ला र तीन स्थानीय तहको संगमस्थलमा रहेको मोदीवेणीको विकासका लागि आवश्यक समन्वय गरेर अघि बढ्ने बताउनुभयो । उहाँले उक्त क्षेत्रलाई महत्वपुर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि तीनै स्थानीय तह र प्रदेश सरकारसमेतको साझेदारीमा आवश्यक लागनी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले पवित्र मोदीवेणी धाममा गुरुयोजना नै बनाएर विकास गर्नुपर्ने बताउनुभयो । उहाँले कुश्मा नगरपालिकाले मोदीवेणीमा विभिन्न पूर्वाधार निर्माणका लागि लगानी गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले धर्म, संस्कृतिका संरक्षण र प्रवद्र्धनका लागि सवैको सक्रिय सहभागिता रहेको बताउँदै यस्ता क्षेत्रहरुको शान्ति सुरक्षामा कुनै कमी नहुने प्रतिवद्धता जनाउनुभयो ।
यस अघि मन्त्री लम्सालले कालीगण्डकी नदि र एक सय आठ धारामा स्नान गरी चौसठ्ठी ज्योतिर्लिङ्गमा जलाभिषेक गर्नुभएको थियो । मोदीवेणीलाई महत्वपुर्ण धार्मिक गन्तव्य बनाउन प्रदेश सरकारले सडक, भवन, बृक्षारोपण लगायतका क्षेत्रमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
पुजा व्यवस्थापन समितिका संयोजक खुमराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गोपाल दास वैरागी र संचालन केशवदास बैरागीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!