विविधता भित्र एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो -अध्यक्ष तिमिल्सिना - News site from Nepal

काठमाण्डौ /राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल अजहा ९बकर इद० को अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
शुभकामना सन्देशमा अध्यक्ष तिमिल्सिनाले विविधता भित्र एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो भन्नुभएको छ ।
शुभकामना सन्देशमा
बहुभाषिक, बहुसांस्कृतिक देशका रुपमा परिचित नेपाल सबै समुदाय र धर्मको सम्मानमा विश्वास गर्दछ भनिएको छ यस चाडले नेपाली समुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गरी देशको समृद्धिको यात्रामा साथ पुग्ने विश्वास लिएको छु।

ृउहाँले नेपाली मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना पनि ब्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!