
पर्वत–पर्वतको महाशीला गाउँपालिकाले चालु आर्थिक वर्षमा संचालन भएका योजनाहरुको फरफारक गर्न ताकेता गरेको छ ।
चालु आर्थिक वर्षभित्रै सम्पन्नहुने गरी सम्झौता भएका धेरैजसो योजनाहरुको भुक्तानी तथा फरफारक बाँकी रहेकाले तत्काल गर्न आग्रह गरिएको हो । गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै आर्थिक वर्ष सकिनै लागेका अवस्थामा सम्झौता बमोजिम काम सम्पन्न गर्न र भुक्तानीका लागि आवश्यक कागजात बुझाउन सम्वन्धित निर्माण व्यावसायी तथा उपभोक्ता समितिहरुलाई ताकेता गरिएको गाउँपाकिलाका प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
साथै समयमा काम सम्पन्न नगर्ने फाईल पेश नगराउने योजनाको फरफारक तथा भुक्तानी गर्न कार्यालय बाध्य नहुने पनि क्षेत्रीले बताउनुभयो । यसका साथै यतिवेला गाउँपालिकाले योजना अनुगमन कार्यलाई पनि तीब्रता दिएको छ । गाउँपालिकाका ६ वटै वडामा संचालित योजना तथा कार्यक्रमहरुको प्रभावकारी रुपमा अनुगमन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।