प्रमुख समाचार

पर्वतको ऐतिहाशिक खौलाकोट जाने पदमार्ग निर्माण शुरु

By लोकतन्त्र अनलाईन

June 11, 2019

पर्वत–पर्बतको कुश्मा नगरपालिका १३ खौलालाकुरी मा अबस्थित खौला भुमेकोटमा रेलिङ सहितको सिढी मार्ग निर्माण शुरू भएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट बिनियोजित ७ लाख रकमबाट उक्त मार्ग निर्माण शुरू गरिएको हो । उक्त मार्गको सोमबार कुश्मा नगरपालिका १३ का वडा अध्यक्ष जङ्गबहादुर क्षेत्री ले शिलान्यास गरेका हुन् । कोटसम्म जानका लागि १ सय ५० मिटर बाटो निर्माण शुरू गरिएको र असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने कोट ब्यबस्थापन समितिका अध्यक्ष खड्क बहादुर क्षत्री ले जानकारी दिए । निर्माण कार्य समयमा सम्पन्न गर्नका लागि स्थानीय समाजसेवी तेजबहादुर कार्की ईन्द्र प्रसाद पौडेल लगायतलाई रेखदेखको जिम्मा दिएको अध्यक्ष क्षेत्री ले जानकारी दिए । खौला भुमेकोट पर्बतका ऐतिहासिक धार्मिक स्थल मध्ये एक हो । यहाँ विशेष गरि महानवमी, बिजयादशमी चैते दशैमा पुजा तथा मेला लाग्ने गरेको छ । पर्बतका कुश्मा मोदी, स्याङ्जाको अर्जुनचौपारी गाउपालिकाबाट पुजा अर्चना गर्न आउने गर्दछन् ।