
पर्वत–रोजगारीका लागि कोरिया पुगेका पर्वतको खानीगाउँका एक युवाको ज्यान गएको छ । एक्कासी बेहोस भएका फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँका युवा अमृत कुँवरको मृत्यु भएको हो ।
विगत ६ महिनादेखि सोलको एक अस्पतालमा उपचाररत कुँवरको अवस्था नाजुक हुँदै गएको सोलस्थित नेपाली दूतावासले जनाएको छ । ६ महिनाअघि कम्पनीमा काम गरिरहेकै अवस्थामा एक्कासी बेहोस भएका कुँवरलाई सोलस्थित हान्निम मुटु अस्पतालको आईसियुमा राखेर उपचार गरिँदै आएको थियो । कुँवरको गत महिना फोक्सोले काम नगरेपछि फोक्सोको सफल प्रत्यारोपण समेत गरिएको थियो । घटनाका विषयमा मृतकका परिवारलाई जानकारी गराईसकिएको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो ।
मृतकककी श्रीमती कोरियामै रहेकाले प्रक्रिया पु¥याएर शव नेपाल पठाईने दूतावासले जनाएको छ । कुँवर ईपिएस मार्फत ३ वर्षअघि कोरिया गएका थिए । यो घटनासँगै कोरियामा पछिल्लो १५ दिनमा ३ नेपालीले ज्यान गुमाएका छन् ।