क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज, अभिलेख र सम्पत्ति मुख्यमन्त्री कार्यालयमा राखिने - News site from Nepal

काठमाडौं । सरकारले साविकका क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ ।
मन्त्रीपरिषद्ले गरेका निर्णयअरु सार्वजनिक गर्दै बिहीबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संघीयता लागु भएसँगै क्षेत्रीय कार्यालयहरु निस्क्रिय भए पनि सरकारले पूर्णरुपमा खारेज गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।   
खारेज भएका क्षेत्रीय प्रशासन कार्यालयका स्रोतसाधन, चलअचल सम्पत्ति तथा अभिलेखहरु सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय  भएको छ । धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेका क्षेत्रीय प्रशासन कार्यालयहरु सरकारको उक्त निर्णय भएसँगै खारेज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!