पर्वतका जनप्रतिनिधिहरुलाई नेता भुसालको यस्तो छ सुझाब ‘मैले कि हामिले ?’ - News site from Nepal

पर्वत- पछिल्लो समय केहि संचार माद्यम र सामाजिक सञ्जालहरुमा आएका क्रिया प्रतिक्रिया पछि नेता टिकाराम भुसालले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ :- गत वर्षको संसदिय निर्वाचनले पर्वतको विकास गर्न अपूर्व अवसर सृजना गरेकाे छ । यस पटक पर्वत जिल्लाका मतदाताहरूले केन्द्रमा प्रचण्ड वहुमत ल्याउने दलवाट उमेद्वार भएका सवैलाइ जिताइ पठाएका छन् ।
हाम्रो जिल्लावाट राष्ट्रीय सभाका सन्माननिय अध्यक्ष, प्रदेश शभाका सभामुख, प्रदेश सरकारका मन्त्री तथा सङ्घिय सरकारका प्रभावशाली सांसद हाम्रै जिल्लाका नेताहरू हुनु हुन्छ । उहाँहरूको प्रयासवाट पर्वत जिल्लामा धेरै राम्रा राम्रा विकासका काम भएका छन् । सवै विकासका काम दीर्घकालिन महत्वका छन् । यी कामहरूवाट ने.क.पा.का नेता कार्यकर्ताहरू निकै उत्साहित छन् भने जनताहरूमा पार्टी प्रतिको भरोशा वृध्दि भएको छ । 
यति हुँदा हुँदै पनि केही कुरामा हलुवामा वालुवा मिसिए झैं भएको छ । विकास सम्वन्धि योजनाहरूकाे स्वीकृति तथा वजेट विनियोजनसंग सम्बन्धित एउटै पत्रको फोटाे देखाएर हाम्रा नेताहरूले व्यक्तिगत जस लिन तँछाड् मछाड् गरेको अर्थ लाग्ने गरि सामाजिक सञ्जालमा पोष्टहरू भेटीन थालेको छ । यसवाट हाम्रा नेताहरूको विचमा अस्वस्थ प्रतिस्पर्ध्दा छ भन्ने अर्थ लाग्दाे रहेछ ।
अहिले नेपालमा जे जति प्रशंसा योग्य काम भएका छन् ति कुनै पनि काम अमुक नेता वा कार्यकर्ताको एकल प्रयासवाटमात्र भएको हो भन्नु न्याय संगत हुँदैन । पार्टीको तर्फवाट उमेद्वार भै एउटै घोषणापत्र देखाएर मत मागेकोले अहिले भएका सवै कामहरूको जस सिङ्गो पार्टीले पाउन पर्दैन र ? अरू सवै उमेद्वार हारेर कमरेड केपी वलीलेमात्रै जितेको भए के अहिले जस्ताे काम हुने थियो ? दलिय व्यवस्थामा व्यक्ति भन्दा पार्टी महत्वपूर्ण हुन्छ । आफुले मेहनत नगरेको कामको जस लिन खोज्नु राम्रो होईन, जसले दुःख गरेको छ उसैलाई जस दिने परम्परा बसालौ ।
त्यसैले हाम्रा कमरेडहरूले सरकार वा सांसदवाट भए गरेका राम्रा कामहरू ‘मैले गरेको’ भनेर भन्नुको सट्टा “हामीले गरेको” भन्नु बेश हुन्छ भन्ने मेरो धारणा छ । किन भने ‘म’ भित्र “सामन्तवादी” र ‘हामी’ भित्र “समाजवादी” गन्ध हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!