प्रमुख समाचार

यी हुन् पर्वतको मोदीवेणीबाट शालिग्राम शीला चोरी गर्ने युवाहरु

By लोकतन्त्र अनलाईन

March 11, 2019

पर्वत : गत फागुन ५ गते राती पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरी गर्नेहरु पक्राउ परेका छन । प्ररम्भीक अनुषन्धानको क्रममा चोरीमा ४ जना संलग्न भएको र तीमध्ये ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका ४ बस्ने २८ बर्षिय कसम पुन, वडा नं. ६ बस्ने २९ बर्षिय सुमन गुरुङ र वडा नं. १० बस्ने ३२ बर्षिय लेखबहादुर नेपाली रहेका छन । चोरीका मुख्य योजनाकार धादिङको साविक निलाकण्ड गाविस १० घर भई हाल कुश्मा नगरपालिका ५ बस्ने अञ्जान बराईली भने फरार रहेको उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।गोप्य सूचनाका आधारमा कशम पुन चोरीमा संलग्न रहेको थाहा पाएपछि प्रहरीले गत फागुन २६ गते उनको कोठामा छापा मार्दा बिस्तारामा लुकाईराखेको अवस्थामा एक थान शालिग्राम शिला बराममद भएपछि उनलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो । पुनकै बयानको आधारमा प्रहरीले अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बयानका क्रममा फागुन ५ गते राती १ बजेको समयमा नृसिंह मन्दिरको ताला काटेर शालिग्राम चोरी गरेको र जंगलमा लुकाएको बताएका थिए । सोही आधारमा प्रहरीले कुश्मा नगरपालिका ४ मा रहेको कालीगण्डकी छमर्के सामुदायिक बनको जंगलमा ३७ थान शालिग्राम शिला लुकाएको अवस्थामा बरामद गरेको हो ।