रुपन्देहीमा तरुण दलका नेताको हत्या - News site from Nepal
रुपन्देहीमा तरुण दलका नेताको हत्या

बुटवल, २७ फागुन । अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको छ ।
देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो ।
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।
प्रहरीले आक्रमण गर्ने समूह फरार रहेको बताए पनि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!