प्रमुख समाचार

गोरखाकी एकता अधिकारीको इथियोपियाको जहाज दुर्घटनामा मृत्यु

By लोकतन्त्र अनलाईन

March 11, 2019

काठमाडौं– इथियोपियाको जहाज दुर्घटनामा परी ज्यान गुमाउने एक नेपालीमा गोरखाकी एकता अधिकारी रहेको इजिप्टस्थित नेपाली दुतावासले जनाएको छ ।उनी विश्व खाद्य कार्यक्रम अन्तर्गत इथियोपियामा कार्यरत थिइन् ।

विमान दुर्घटनामा अधिकारीसहित विमानमा सवार १५७ जनाको मृत्यु भएको थियो । इजिप्टस्थित दूतावासले आफ्ना ६ जना कर्मचारीमध्ये एकता पनि गरेको भन्दै विश्व खाद्य कार्यक्रमले जानकारी दिएको जनाएको छ ।

इथियोपियाको राजधानी आदिस अबाकबाबाट केन्याको नौरोबीतर्फ उडेको इथियोपियन एयरलाइन्सको विमान बिसोफ्टु सहरनजिकै पुगेपछि दुर्घटनामा परेको थियो । विमानमा १४९ यात्रु र ८ जना चालकदलका सदस्य थिए । दुर्घटनाग्रस्थ विमानमा ३५ देशका नागरिक र संयुक्त राष्ट्रसंघका प्रतिनिधि यात्रामा रहेको एयरलाइन्सले जानकारी दिएको छ।