प्रमुख समाचार

पर्वतमा काँग्रेस सभापति देउवाको यस्तो छ आजको ब्यस्तता

By लोकतन्त्र अनलाईन

March 11, 2019

पर्वत– केहि दिनदेखि धौलागिरिका विभिन्न कार्यक्रममा सरिक हुन यस क्षेत्रमा रहनुभएका नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर आज पर्वतमा आयोजित विभिन्न कार्यक्रममा ब्यस्त रहनुहुने भएको छ । शनिवार म्याग्दी र आईतवार बागलुङमा आयोजित आमसभालाई सम्वोधन गर्नुभएका देउवा आज पर्वतका तीन वटा कार्यक्रममा सरिक हुनुहुने कार्यक्रम रहेको नेपाली काँग्रेस पर्वतका सचिब युक्तप्र्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विहान साढे १० बजे उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसको पालिका कार्यसमितिको पार्टी कार्यालयको भवन शिलन्यास गर्नुहुने भएको छ । त्यस्तै स्वर्गिय मोहनबहादुर मल्लको शालिक सिलन्यास कार्यक्रम पनि सोहि स्थानमा आयोजना गरिएको छ । दुवै शिलन्यास कार्यक्रम पछि पूर्व प्रधानमन्त्री देउवा नेपाली काँग्रेस पर्वतले आयोजना गरेको जिल्ला भेलालाई सम्वोधन गर्न सदरमुकाम कुश्मा आउनुहुने कार्यक्रम रहेको छ । जिल्ला भेला दिउँसो १२ बजेपछि शुरु हुने भएको छ । आइतवार हुने भनिएको जलजलाका विभिन्न कार्यक्रम नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधि थमनबहादुर गुरूङको शुक्रवार राति भएको निधनपछि आजका लागि सारिएको थियो । जिल्ला भेलालाई सभापति देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, कोषाध्यक्ष विद्धान गुरुङ्ग लगायतका केन्द्रीय नेताहरुले सम्वोधन गर्नुहुने छ । भेलामा जिल्लाका ६१ वटै वडाका सभापति, भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरु र आम कार्यकर्ताहरु सहभागि हुने कार्यक्रम रहेको सचिब श्रेष्ठले जानकारी दिनुभयो । उहाँ पर्वतको कार्यक्रम सकेर आजै राजधानी फर्किने कार्यक्रम रहेको बताईएको छ ।