पर्वतको कार्किनेटा बजारदेखि प्रसिद्ध पर्यटकीय स्थल जुम्लिथान पुग्ने पदमार्ग निर्माण सम्पन्न - News site from Nepal

पर्वत–पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल जुम्लिथान पुग्ने पदमार्ग निर्माण भएको छ । जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटादेखि कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीको सिमानामा अवस्थित धार्मिक एवम् पर्यटकीय क्षेत्र जुम्लिथानको डाँडासम्म पुग्ने पदमार्ग निर्माण भएको हो ।
गण्डकी प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १0 लाख ५० हजार रुपैया र स्थानीयवासीहरुको सक्रियता र श्रमदानमा पाँच सय मिटर पदमार्ग निर्माण गरिएको हो । जुम्लिथानमा आउने धार्मिक एवम् आन्तरिक तथा बाह्य पर्यटकहरुलाई हिडडुल गर्न सहज होस भन्ने उद्धेश्यले पदमार्ग निर्माण गरिएको कार्किनेटा पर्यटन पूर्वाधार विकास समितिका सचिब सरोज पौडेलले जानकारी दिनुभयो ।

पर्वतको पुरानो मूख्य नाकाको रुपमा रहेको कार्किनेटा, पर्वत र स्याङजाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल डहरेदेउराली, स्याङजाको सिरुवारीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । बढ्दो पर्यटकको आवागमनलाई मध्यनजर गर्दै जुम्लिथान सम्मको पदमार्ग निर्माण गरिएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्किनेटा बजारसम्म सवारीसाधन मार्फत आउने पर्यटकहरुका लागि जुम्लिथान सम्म पुग्न सहज हुने भएको छ ।
यस अघि उक्त डाँडासम्म पुग्न समस्या रहेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा बजेट बिनीयोजन भएपछि भु–तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा पदमार्ग निर्माण सम्पन्न भएको पौडेलले बताउनुभयो । जुम्लिथानमा बालाचतुर्दशी, शिवरात्री, एकादशी, माघेसंक्रान्ति लगायतका चार्डपर्वहरुमा विशेष मेला लाग्ने गर्दछ । यो क्षेत्रमा धार्मिक हिसावले समेत उत्तिकै महत्वपुर्ण रहेको छ ।
कार्किनेटादेखि जुम्लिथान सम्म झण्डै आधा घण्टाको दुरीमा पुग्न सकिने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!