प्रमुख समाचार

पर्वतको क्याङमा दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

By लोकतन्त्र अनलाईन

July 10, 2019

पर्वत–पर्वतको मोदि गाउँपालिका वडा नम्बर ४ क्याङ्गमा २ दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको छ । वडाका विभिन्न संगसंस्था कल्व समुहका करिब ६९ जनालाई नेतृत्व बिकास र स्वावलम्बी बन्न सक्ने विभिन्न आयामहरुका विषयमा जानकारी गाराइएको थियोे । तालिममा उदघोषण भासणकला नेतृत्व बिकास स्थानीय सरकारका ऐन, कानुन नियम साथै शैक्षिक, आर्थिक, सामाजिक, लगायतका विषयमा सहजीकरण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुक अतिथि मोदि गाउँपालिकाका उपाध्यक्ष सेती महतले गाउँपालिकाले दिने सेवा तथा कार्यक्रमका बिषयमा स्पष्ट पार्नुभएको थियो । त्यस्तै महिला बालबालिका, जनजाति, दलित जेष्ठ नागरिक तथा पछाडि पारिएका समुदायको बिकासका लागि गाउँपालिका संधै लागी परेको बताउनु भयो । कार्यक्रममा मोदि गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष मन कुमार पुन, तालिम प्रशिक्षक ठाकुर रसाईली, तालिमका ब्यबस्थापक पश्चिम नेपाल कला मंचका अध्यक्ष लघु उद्यमी चन्द्र रामदाम, लेस्पार टोल बिकास समितीका अध्यक्ष नरसिंह तिलिजा सहभागीताको तर्फबाट डिल बहादुर पुन लगायत बोल्नुभएको थियो । कार्यक्रममा स्वागत देबि देउराली लघु उद्यमी संघ अध्यक्ष देउमाया पुन र संचालन सुपर पुनले गर्नुभएको थियो । दुई दिने तालिमको सहजीकरण पञ्चासे एफ.एमका कार्यक्रम कोडिनेटर ठाकुर रसाईली र पश्चिम नेपाल कला मंचका अध्यक्ष एवं लघु उद्यमी चन्द्र रामदामले गर्नुभएको थियो ।