कांग्रेसको अवरोध पछि प्रतिनिधिसभा बैठक स्थगित - News site from Nepal
कांग्रेसको अवरोध पछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक केहीबेरका स्थगित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संसदमा पेश गरेको गुठी सम्बन्धी कानून एकीकरण तथा संशोधन गर्न ल्याइएको विधेयक फिर्ता लिन माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको जवाफ माग गर्नुभयो ।
कांग्रेसले सो विषयमा गृहमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न चदिने बताएपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि संसद बैठक स्थगित गर्नुभएको हो । सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी विधेयक विरुद्ध ओर्लिएका गुठीयार र सरोकारवालालाई तितरवितर पार्न प्रहरीले हिजो पानीको फोहोरा हान्नुका साथै लाठी प्रहार गरेको थियो । प्रहरीको लाठी प्रहारबाट केही गुठीयार घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!