
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न अधिकतम प्रयास गर्ने बताएका छन् ।
उनले सामुदायिक बिद्यालयमा गरिब, बिपन्न बर्गले अध्ययन गर्ने र धनी, सम्पन्न बर्गले निजि बिद्यालयमा अध्ययन गर्नेजस्तो मुलुकमा दुई प्रकारको शिक्षा नीतिले शैक्षिक खाडल गहि¥याएको भन्दै अध्यक्ष मल्लले जलजला गाउँपालिकाभित्रका सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि गाउँपालिकाले अधिकतम प्रयास गर्ने बताए ।
जलजला गाउँपालिका वडा नम्बर १ बासखर्कको मालगाउँमा रहेको देउराली आधारभुत बिद्यालयको २७ औ बार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै मल्लले सामुदायिक बिद्यालयको भौतिक पूर्वाधार, प्रविधि, शैक्षिक सामाग्री, शिक्षकलाई आवश्यक तालिमको ब्यवस्थापन हुने बताएका हुन । आफुले गाउँपालिकाभित्रका कुनैपनि बालबालिका पाठ्यपुस्तक, झोला, पोशाक अभावमा बिद्यालय जानबाट बञ्चित नगराउने घोषणा गरिसकेकोमा जोड दिँदै अध्यक्ष मल्लले सबै बालबालिकालाई बिद्यालयसम्म गएर भर्ना हुने ब्यवस्था मिलाउन सम्पूर्ण सरोकारवाला निकायलाई आग्रह गरे ।
जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले सामुदायिक बिद्यालयको गुणस्तर सुधार र बालबालिकालाई आकर्षित गर्नका लागि अभिभावकहरुबाट आफ्ना बालबालिकामा निगरानी, शैक्षिक अवस्थाको बारेमा जानकारी लिइरहनुपर्ने बताइन । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार तिलिजाको अध्यक्षतामा भएको कार्यक्रममा जलजला गाउँपालिकाका शिक्षा समितिका संयोजक एवम वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द खत्री, वडा नम्बर ४ का अध्यक्ष भिष्म मल्ल, वडा नम्बर १ का अध्यक्ष तुलसीराम रेग्मी, नेपाली काँग्रेस जलजला गाउँ समितिका सभापति चन्द्रबहादुर जिसी, एजुरु संस्था काठमाडौका अध्यक्ष थममाया पुन, अभिभावक सोमबहादुर तिलिजा, शिक्षक मेख खत्रीलगायतले बोलेका थिए ।
कार्यक्रममा प्रतिभा पुन, जितबहादुर पुन, एजुरु सस्थाले बिद्यार्थी पोशाक, शैक्षिक सामाग्री, झोलालगायत सामाग्री सहयोग गरेका थिए । कार्यक्रममा अन्य शैक्षिक सामाग्री खरिदका लागि भारतीय सेनामा कार्यरत बाल्दिप तिलिजाले सात हजार रुपैयाँ प्रदान गरेको जलजला गाउँपालिका वडा नम्बर १ का वडा सदस्य युबराज अर्मजाले गरेका थिए । कार्यक्रमको सञ्चालन समेत अर्मजाले गरेका थिए ।