चौध एसपी र २६ डिएसपीको बढुवा हेर्नुहोस् को को परे नामावलीसहित - News site from Nepal

काठमाडौँ, : नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । 

नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिनुभयो । 

यसरी एसएसपी बढुवा सिफारिश भएकामा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम ढकाल हुनुहुन्छ । 

यस्तै डिएसपीबाट एसपीमा बढुवा सिफारिश हुनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, डा मेखबहादुर खत्री, विनोद सिलवाल, भीमबहादुर दाहाल, रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पङ्गेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरहादुर बुढामगर हुनुहुन्छ । 

उनीहरुको उजुरीका लागि एक हप्ताको समय हुने र त्यसपछि गृहमन्त्रीस्तरीय निर्णयमा बढुवा हुने प्रावधान रहेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!