
पर्वत- नेपाली राजनीतिका लौहपूरुष, नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको १०५ औँ जन्मजयन्ती कार्यक्रम पर्वतको कुश्मामा आज सम्पन्न गरिएको छ ।
नेपाली काँग्रेस पर्वतको आयोजनामा पार्टि कार्यालयमा दिवश मनाईएको हो । सिँहको जन्मोत्सवको अवसरमा उहाँको फोटोमा माल्यार्पण र सिँहको योगदानको बारेमा चर्चा परिचर्चा गरिएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले सिँहले प्रजातन्त्र स्थापना गर्न नेतृत्व लिएको भन्दै सिँहलाई अहिले पनि पार्टिले सम्झिरहने बताउनुभयो । सिँह निष्ठाको राजनीति गर्दै आएको र मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको जोशीले बताउनुभयो । एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्वपूर्ण योगदान रहेको जोृशीले स्मरण गर्नुभयो ।
नेकपा नेतृत्वको दुई तिहाईको वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले गणेशमान सिँहले पद र प्रतिष्ठाको कहिल्यै लोभ नगरेको बताउँदै गणेशमानको राजनीतिक संस्कार अहिलेका पुस्ताले अँगाल्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य देबिप्रसाद विलासी, कुलप्रसाद पाध्या, डाक्टर चुडामणी शर्मा, ईश्वरी पाठक, प्रजातन्त्रीक सेनानी हरिप्रसाद शर्मा, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पत्रकार महासंघका पूर्व अध्यक्ष एवं रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, प्रेश यूनियनका उपाध्यक्ष रोशन तिवारी र ठाकुर रसाईली, सचिव साजन परियार, नेविसंघ गुप्तेश्वर वहुमुखी क्याम्पसका ईकाई सभापति शिशिर शर्मा पौडेल लगायतले स्वर्गिय गणेशमानको फोटोमा माल्यार्पण गर्दै उहाँको योगदानको चर्चा गर्नुभयो ।