पर्वतको महाशीला र मोदीका प्रमुख प्रशासकिय अधिकृतको सरुवा - News site from Nepal
पर्वतको महाशीला र मोदीका प्रमुख प्रशासकिय अधिकृतको सरुवा

पर्वत ः पर्वतको महाशीला गाउँपालिका र मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ ।
मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमान सिंह गुरुङको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सरुवा भएको हो । मोदी गाउँपालिका स्थापना भएदेखिनै हालसम्म कार्यरत गुरुङको कार्यकालमा विभिन्न ऐन नियम पारित हुनुका साथै गाउँपालिकाले विभिन्न रचनात्मक काम समेत शुरुवात गरेको हो ।


उता महाशीला गाउँपालिकामा विगत डेढ वर्षदेखि कार्यरत प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीको पनि हालै सरुवा भएको छ । मोदी गाउँपालिकाबाट गुरुङ्गको सरुवा भएपछि क्षेत्री मोदी गाउँपालिकामै सरुवा भएका हुन् । यो उनको गृह पालिका समेत हो । उनि पर्वतकै बाजुङ निवासी हुन् ।
उहाँको कार्यकालमा महाशीलामा एक घर एक रोजगार, बाँदर नियन्त्रण लगायत विभिन्न दिर्घकालीन योजनाहरु शुरुवात भएका थिए । उहाँ निकै लगनशिल कर्मचारी रहेको महाशीलाका जनप्रतिनिधिको बुझाई रहको छ ।
मोदी गाउँपालिकामा आइतवार आयोजित एक कार्यक्रमका बीच गुरुङलाई विदाई गरिएको छ भने क्षेत्रीलाई स्वागत गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष सेती महत, वडा अध्यक्षहरु तथा अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा स्वागत तथा विदाई गरिएको प्रवक्ता विमल लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!