सास फेर्न गाह्रो भएपछि हिरासतमा रहेका महरा अस्पताल भर्ना - News site from Nepal
सास फेर्न गाह्रो भएपछि हिरासतमा रहेका महरा अस्पताल भर्ना

काठमाण्डौ – बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ ।

श्वास फेर्न गाह्रो भएपछि उहाँलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएरा राखिएको थियो ।

बिहीबार बिहानदेखि उहाँलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

महरामाथि संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि १९ गते महाअष्टमीको दिन उहाँलाई सभामुख निवास वालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!