प्रवासमा भलिवल खेलेर जितेको रकम कुश्माका क्यान्सरपिडित युवालाई सहयोग - News site from Nepal

ठाकुर रसाईली
पर्वत –
कुश्माका मीन परियार ’खड्का’ बचाउ अभियानमा बहराइनमा रहेका पर्वत स्थायी घर भएका नेपालीहरुले ३० हजार आर्थिक सहयोग गरेका छ्न ।
रोजगारीको शिलिशिलामा बहराइन रहेका युवाहरूले इस्लाम धर्मावलम्बीमो महान पर्व अवसरमा कास्की समाज बहराइनद्वारा, आयोजित भलिबल प्रतियोगितामा दोस्रो भएपछि उक्त प्रतियोगिताबाट पाएको पुरस्कारको रकम सामाजिक काममा खर्च गरौं भन्ने उदेश्यले पर्वत सेवा समाज बहराइनमा आबद्ध युवाहरूले सोही संस्था मार्फत क्यान्सर पीडित मीन परियार ’खड्का’लाई केही भएपनी राहत होस भनेर आर्थिक सहयोग गरेको समाजका उपाध्यक्ष कृष्ण घतानेले जानकारी दिए ।


भलिबल खेलमा प्रशिक्षक खड्का पुन, टिम म्यानेजर रामहरी शर्मा, टिम क्याप्टेन जिबन सुनार, खेलाडीहरु, दिपेश बस्नेत, डम्बर सुनार, प्रितम मल्ल, बिनोद घतान, प्रदीप थापा, महेन्द्र क्षेत्री, कृष्ण लिम्बु लगायत सहभागी थिए । भलिबल बाट प्राप्त पुरस्कारमा कास्की सेवा समाज बहराइनले थप सहयोग गरेको केही रकम गरि ३० हजार सहयोग नेपाल पठाएको पर्वत सेवा समाज बहराइनले जनाएको छ ।उक्त रकम आज नेपाल सुनचाँदी व्यावसायी संग पर्वतका सदस्य कृष्ण बिश्वकर्माको समायोजनमा एक कार्यक्रमका बिच क्यान्सर पीडित खड्कालाई घरमै पुगेर हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नेपाल सुनचाँदी ब्यबसायी संघ पर्वतका अध्यक्ष बिकास सुनार, खड्का बचाउ अभियानता याम परियार ’शिव’, ठाकुर रसाईली लगायत उपस्तिथित रहेको कृष्ण बिश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari