पर्वत- नेपाल तरुण दल पर्वतले ‘मिन परियार बचाउ’ अभियान शुरु गरेको छ । कुश्मा नगरपालिका–४ का २९ बर्षिय मिन परियार ‘खड्का’ नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधी हुन् । आन्द्रामा क्यान्सर भएको थाहापाए पछि उनको अहिले दिल्ली स्थित ईन्दिरा गान्धी अस्पतालमा उपचार हुँदै छ । उपचारका क्रममा सम्पती सकिएपछि उनले सामजिक सञ्जाल मार्फत आर्थिक सहयोगको अपिल गरेका थिए ।

‘म बाँच्न चाहान्छु मलाई बचाउनुहोस्’ भन्दै उनले फेसबुक वालमा स्टाट्स लेखेपछि नेपाल तरुण दल पर्वतले ‘मिन परियार बचाउ’ अभियान मार्फत आर्थिक संकलनमा जुटेको हो । आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कारण उपचारमा सहयोग गर्ने उद्देश्यले आर्थिक संकलन अभियान थालेको नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ले जानकारी दिनुभयो । मिन परियारको उपचार्थ सहयोगको लागि सम्पूर्ण तरुण युवाहरु आर्थिक संकलन अभियानमा जुटेको बताउनु भयो ।

हालसम्म १ लाख जुटेको र विभिन्न क्षेत्रवाट सहयोग जुट्ने क्रम शुरु भएको तरुण दल पर्वतले जनाएको छ । यता रेडियो शालिग्रामका पत्रकार रामकृष्ण लामिछानेको नेतृत्वमा समेत सहयोग संकलन अभियान पनि चलेको छ । लामिछानेले आज विभिन्न व्याक्तिबाट संकलन भएको रकम जम्मा गर्न मिनबहादुरकी आमा तुलसी परियारको नाममा बैक खाता सञ्चालन गरिएको छ । जिल्लाकै एक होनाहार यूवा घरको आर्थिक अवस्था कमजोर हुँदा उपचार गर्न नसक्ने अवस्थामा पुगेको भन्दै पत्रकार लामिछाने सहितले सहयोग संकलन गरिरहेका छन् ।

वैँक मार्फत परिवारको सहभागितामा रकम संकलन गर्न थालिएको लामिछानेले बताउनुभयो । व्याडमिण्टन संघबाट ५५ हजार ८ सय ८५ रुपैयाँ संकलन गरिएको उहाँले बताउनुभयो । अन्य व्याक्तिबाट प्राप्त रकम पनि बैँकमै जम्मा गर्ने गरि लामिछाने र परियारको परिवार सहयोग संकलनमा जुटेका छन् । पर्वत जिल्लामा मात्रै नभएर सहयोग संकलन अभियान बिदेशमा समेत चलिरहेको छ । बिगत केहि महिनादेखि मिनबहादुर उपचारको क्रममा हुनुहुन्छ । घरको सम्पत्ती सबै उपचारमा सकिएपछि उहाँलाई अहिले आर्थिक अभाव भएको छ ।