आज विहान त्रिसुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १४ को उद्दार - News site from Nepal
आज विहान त्रिसुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १४ को उद्दार

काठमाडौं : सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।
बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवारले बताए। बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। ना ६ ख ७४६९ नम्बरको बस धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ सोलाङघाटमा विहान सवा ३ बजे त्रिशुली नदीमा खसेको हो।
अहिलेपनि उद्दार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!