९ लाख घुससहित पोखरामा सडक डिभिजनका प्रमुख रंगेहात पक्राउ, ईञ्जिनियर र ठेकेदार पनि पक्रिए - News site from Nepal

अख्तियार दुरूपयोग अनुसन्धान आयोग , क्षेत्रीय कार्यालय पोखराको टोलीले विहीबार कार्यालय प्रमुख ई. हरिकुमार पोख्रेल, कार्यालयकै इन्जिनियर पवित्रमणि आचार्य र ठेकेदार ऋषिराम गौतमलाई पक्राउ गरेको हो ।

पोखरेलकै सरकारी निवासमा अख्तियार टोलीले दुई जनालाई साँझ ७ बजे रंगेहात पक्राउ गरेको अख्तियार श्रोतले जनाएको छ । विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदार एसआर निर्माण सेवाका ऋषिराम गौतमबाट ९ लाख घुस लिने क्रममा उनीहरु पक्रिएका हुन् । सडकको ठेक्का मिलाउने शर्तबमोजिम रकम आदानप्रदान हुँदै गर्दा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!