पर्वतका काँग्रेस नेता गुरुङ्गको गएराती निधन - News site from Nepal
पर्वतका काँग्रेस नेता गुरुङ्गको गएराती निधन

पर्वत, – ः नेपाली काँग्रेसका नेता थमन बहादुर गुरुङ्गको गएराती निधन भएको छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गुरुङ्गको पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमै रहेको निवासमा गएराती साढे ११ बजे निधन भएको हो ।
पञ्चायतकालदेखिनै नेपाली काँग्रेसमा रहेर राजनीति गर्दै आउनुभएका गुरुङ्ग सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आउनुभएको थियो । बहुदलिय व्यवस्था पछि उहाँ नपाली काँग्रेसको कार्यसमितिमा रहेर निरन्तर सक्रिय राजनीति गर्दै आउनुभएको छ ।
उहाँ अघिल्लो जिल्ला अधिवेशनवाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । उमेरले ६४ पुग्नुभएका गुरुङ केहि विगत तीन वर्षदेखि कलेजोको क्यान्सर (लिभरको)कारण बरामी पर्दै आउनुभएको थियो । उहाँ माघ बीस गते चेकजाँचका लागि नर्भिक अस्पताल काठमाण्डौं पुग्दा अस्पतालले घरमै आराम गर्न सुझाव दिएपछि घरमै आराम गरिरहनुभएको थियो ।
उहाँको दुई छोरा रहेका छन् । एउटा छोरा अमेरिका र एउटा घरमै रहेका छन् । उहाँकी एक श्रीमती पनि हुनुहुन्छ । उहाँको आजै दुर्लुङ्गमै रहेको गुरुङ्गहरुको दाहसंस्कार गर्ने स्थल खिर खाने घाँडाघाटमा दाहसंस्कार गर्ने कार्यक्रम काँग्रेस नेता लेखबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
उहाँको निधनका कारण नेपाली काँग्रेस पर्वत शोकमग्न बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!