तरुण दल पर्वतद्धारा क्यान्सर पिडित युवा परियारलाई आर्थिक सहयोग प्रदान - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका ४ निवासी आन्द्राको क्यान्सरबाट पीडित मीनबहादुर परियारलाई नेपाल तरुण दलको अगुवाईमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको छ ।
करिव एक महिना सम्म शुभेच्छुकहरुबाट संकलन भएको राहात रकम २ लाख ६६ हजार परियारको उपचारका लागि हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले परियारकी धर्मपत्नी हिना परियारलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरण गदैै नेता जोशीले मीनवहादुर परियारको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले पार्टिमा निडर, क्रियाशिल र इमान्दार कार्यकर्ताको रुपमा काम गर्दै आएका मीनबहादुर अहिले विस्तारामा पर्दा आफु सहित सिंगो पार्टि पंक्ति चिन्तित भएको बताउनुभयो । पार्टिका सबै संगठन, बिदेशमा रहेको संगठन र गैह्र आवासीय नेपाली संघसंस्थाहरुमा पनि रकम सहयोगका लागि आफुले पहल गरिरहेको नेता जोशीले जानकारी दिनुभयो ।
पार्टिमा असल सिपाही भएर लाग्नेलाई यस्तै अप्ठ्यारोमा पार्टिले सहयोग गर्ने भन्दै नेता जोशीले खडकाको उपचारमा आर्थिक संकट नपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँको अहिलेको स्वास्थ्य अवस्था र उपचारको क्रममा भएका विभिन्न पक्षको विषयमा जोशीले परिवार मार्फत जानकारी समेत लिनुभयो । जिल्ला सभापति खिमप्रसाद भुसालले पार्टिमा मीनवहादुर परियारले ठूलो योगदान दिएको बताउनुभयो । सभापति भुसालले उहाँको सिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।
नेपाली काँग्रेसका जिल्ला सदस्य देबिप्रसाद विलासी , पर्शुराम पुरी, तरुणदलका उपाध्यक्ष अमृत ठकुरी, नेपाल ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसी, कुश्मा नगरपालिका ८ का वडाध्यक्ष राजकुमार क्षेत्री, नेविसंघका नेता शिशिर शर्मा, नेपाल प्रेस यूनियनका अध्यक्ष माया अधिकारी समेतको उपस्थितीमा परियारलाई नगद हस्तान्तरण गरिएको छ । तरुण दलका जिल्ला उपाध्यक्ष अमृत ठकुरीले सहयोग संकलनको काम जारी नै रहेको अवगत गराउनुभएको थियो । उक्त रकम संकलन को जिम्मा नेविसंघका गुप्तेश्वर इकाई अध्यक्ष शिशिर शर्मालाई दिईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari