
पर्वत– नेकपाको पार्टी एकता भई वडा तहको कमिटिको टंगो लागेपछि पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँट र वडा नं. ६ शालिको संयुक्त पुर्ण वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रथम पुर्ण वैठकको अवसर पारेर कार्यकर्ताहरुलाई प्रशिक्षण पनि संचालन गरिएको हो । सो अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गुप्त हमालले इतिहासमै मुलुकले दुई तिहाई बहुमति प्राप्त सकार पाएको बताउँदै अहिलेको सरकारले मलुकको विकासको खाका ल्याएको बताउनुभयो । उहाँले पाँच वर्ष भित्रमा नेकपाको सरकारले मुलुकको विकास निर्माणले काँचुली फर्ने गरी काम गर्ने बताउँदै आगामी निर्वाचनमा नेकपाले अझै बढि मत प्राप्त गर्नेगरी जनपक्षिय काम गर्न आग्रह गर्नुभयो । नेता हमालले आगामी निर्वाचनमा जनतालाई आश्वासन भन्दा पनि विकास निर्माणको खाका लिएर आउने बताउँदै त्यसका लागि सक्रिय भएर लाग्ने बताउनुभयो । लामो समय अन्य दलले बेथिति, भ्रष्टाचार र खोक्रो बनाउने काम गरेको बताउँदै नेकपाले अब समृद्ध मुलुक खुसी नेपालीको नारालाई सफल पार्न तीनै तहका सरकारबाट प्रयास गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव सुदिप कुँवर, प्रदेश सदस्य यज्ञ सुवेदी, जिल्ला कार्यलय सदस्य भक्त कुँवर, गोविन्द पहाडी, नेकपा जलजलाका अध्यक्ष दिपक आचार्य, सचिव तुङनाथ शर्मा, नेता उदय सुवेदी, जिल्ला सदस्यहरु उमाकान्त भुर्तेल, दुर्गा दर्जि, टुंङनाथ आचार्य, विजय सापकोटा, वुद्धि सुवेदी, टेकवहादुर जिसि, अनिता रेग्मी, वडा अध्यक्षहरु तिलक जिसि, होमवहादुर पुनले वोल्नुभएको थियो । नेकपा जलजला–५ का अध्यक्ष डण्डपाणीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत स्वागत जलजला ५ का सचिव शुक्रराज सुवेदी र संचालन जलजला ६ का सचिव गौरिस्वर पौडेलले गर्नुभएको थियो ।