पर्वत /निर्माणाधिन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको पर्वत खण्डको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका मन्त्री बिकास लम्साल, उत्तरदक्षिण ÷ब्यापारिक मार्ग सुधार आयोजनाका निर्देशक रामहरी पोखरेल लगायतले अवलोकन गर्नुभएको छ । करिडोरको पर्वत खण्डमा रानीपानी देखि फलेबासमा भैरहेको स्तरोन्नती तथा मोदीखोला र लमायाखोलामा निर्माण भएका पुलहरुको अध्यक्ष तिमिल्सिना सहितको टोलीले अवलोकन गरेको हो । पुल र बाटो निर्माणको काम समयमा सम्पन्न गर्न निर्देशन दिदै राष्ट्रिय अध्यक्ष तिमिल्सिनाले स्याङ्गजाको मिर्मी देखि पर्वतको कुस्मा सम्मको पर्वत खण्ड कालोपत्रे गरेरै छाड्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । ‘अहिले भैरहेको स्तरउन्नतीको काम समयमा सक्नुस’ उहाँले भन्नुभयो ‘सडक कालोपत्रे गर्ने काम पनि हाम्रै पालामा सम्पन्न गरेर छाड्छौ’ कालीगण्डकी करिडोरको परिकल्पना २०५५ सालमा पाल्पामा सम्पन्न जिल्ला बिकास समितिका सभापतिहरुको भेलामा आफुँले नै प्रस्ताब गरेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले कालोपत्रे गरेर सवारी साधन तिब्बत देखि सुनौली सम्म पु¥याउने काम पनि सम्पन्न हुने बिश्वास ब्यक्त गर्नुभयो । ‘उत्तर दक्षिण जोड्ने धार्मिक तथा पर्यटकीय सडकको परिकल्पना त्यसबखत सभापतिहरुको भेलामा भएको थियो’ उहाँले भन्नुभयो ‘यो सपना यर्थाथतामा बदल्ने दिन नजिकै आएको छ, यसका लागि सबैले सहयोग गर्न जरुरी छ’ उत्तर उत्तरदक्षिण ÷ब्यापारिक मार्ग सुधार आयोजनाका निर्देशक रामहरी पोखरेललाई आफुँ बोल्दै गर्दा बिचमै उठाएर प्रतिबद्धता ब्यक्त गर्न लगाउँदै अध्यक्ष तिमिल्सिनाले पाँच बर्षभित्रमा पर्वत खण्ड र मिर्मी सम्म कालोपत्रे हुने बिश्वास पनि ब्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले कालीगण्डकी लोकमार्ग बागलुङ्ग तर्फ गएपछि अथक प्रयासपछि मात्रै आफुँले पर्वत खण्डको काम शुरु गराउन सफल भएको स्मरण गर्नुभयो । ‘२०६५ सालमा पर्वतबाटै निर्माण भएको करिडोर बागलुङ्ग तर्फ पुगेपछि दोस्रो संबिधानसभा निर्वाचन पछि मैले पर्वत खण्डमा पार्न सफल भएका हौ’ उहाँले भन्नुभयो ‘यसबिचमा छ वटा पुल र रानीपानी देखि फलेबास सम्म स्तरउन्नती र सेतीबेणीबाट रानीपानी सम्मको खण्ड कालोपत्रे गर्न पनि निरन्तरको प्रयासका कारण सफल भएका छौ ’ कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटर भन्दा बढी खण्ड पर्छ । यसले पर्वतको उत्तर देखि दक्षिण सम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरबको योजनाका साथै पर्वतको लाईफलाईनको रुपमा हेरिदै आइएको छ । पछिल्लो समय सेतीबेणी देखि रानीपानी सम्म कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयले बजेट सहमति दिएको छ भने रानीपानी देखि फलेबास सम्म स्तरउन्नतीको काम ७० प्रतिशत पुरा भएको छ । फलेबास देखि अर्मादी सम्मको खण्डमा ट्रयाक खोल्न काम पनि भैरहेको छ । करिडोरको पर्वत खण्डमा पर्ने मोदीखोला, लमायखोला, सेतीखोला र आँधीखोलामा समेत पुल निर्माणको काम पनि भैरहेको छ । उत्तरदक्षिण ÷ब्यापारिक मार्ग सुधार आयोजनाका निर्देशक रामहरी पोखरेलले सेतीबेणी देखि रानीपानी सम्मको खण्डमा छिट्टै कालोपत्रे गर्नका लागि टेण्डर हुने र रानीपानी देखि फलेबास सम्मको खण्डमा अत्यावश्यक ठाउँमा ग्राभेल गर्ने काम यसै आर्थिक बर्षभित्र हुने जानकारी दिनुभयो । उहाँले करिडोरको सबैखण्ड क्रमश? कालोपत्रेमा जाने जानकारी दिनुभयो । कालीगण्डकी लोकमार्गका परिकल्पनाकार मध्येका एक राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य प्रा.डा. चन्द्रबहादुर श्रेष्ठले करिडोरको काम जति छिटो सक्यो मध्य नेपालको आर्थिक र सामाजिक बिकासका क्षेत्रमा ठुलो परिर्वतन आउँछ भन्नुभयो । बहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले करिडोर सम्पन्न भएपछि पर्वतको कालापानी भनिने दक्षिणी क्षेत्र सम्बृद्ध बन्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा बिहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले पनि बोल्नुभएको थियो ।