शीर्ष नेतालाई बेग्लाबेग्लै मनाउने प्रयासमा ओली–प्रचण्ड - News site from Nepal
शीर्ष नेतालाई बेग्लाबेग्लै मनाउने प्रयासमा ओली–प्रचण्ड

काठमाडौं : एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन्। नयाँपत्रिका दैनिक लेख्छ, नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने तयारी अध्यक्षद्वयले गरेका छन् ।
त्यसका लागि उनीहरूले आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरे।  वरिष्ठ नेता नेपाल पक्षले मापदण्डका आधारमा जिल्ला नेतृत्व टुंग्याउनुपर्ने भन्दै अलग सूची बनाएपछि ओली र प्रचण्डले शीर्ष तहका नेताहरूसँग बेग्लाबेग्लै छलफल थालेका हुन्। वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेललाई पनि उनीहरू मनाउने प्रयासमा छन् । 
सचिवालय सदस्य पोखरेलले छलफलका लागि अध्यक्षद्वयले आफूलाई सोमबार प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएको जानकारी दिए। पछिल्लोपटक ३० फागुनमा अध्यक्ष ओलीले प्रचण्डसहित नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग जिल्ला नेतृत्वको सूची टुंग्याउने विषयमा परामर्श गरेका थिए। अध्यक्ष प्रचण्डले नेपाललाई पनि सँगै राखेर सूची टुंगो लगाउनुपर्ने प्रस्ताव गरे पनि ओलीले अस्वीकार गरेका थिए।
त्यसयता ओली–नेपालबीच औपचारिक संवाद टुटेको छ। जवाफमा ओलीले नेपाललाई राख्ने हो भने छलफलमा नेता ईश्वर पोखरेललाई पनि समावेश गर्नुपर्ने बताएपछि जिल्ला नेतृत्वको सूचीमाथि सचिवालय बैठकमा छलफल गर्ने भन्दै प्रचण्ड, खनाल, नेपाल र गौतम बालुवाटारबाट बाहिरिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!