प्रमुख समाचार

अपहरित सांसद मल्ल भर्खरै प्रहरीको सम्पर्कमा

By लोकतन्त्र अनलाईन

March 08, 2019

बझाङ – नचिनेका मान्छेको समूहको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आउनु भएको छ । बझाङका प्रहरी नायव उपरीक्षक प्रविण धितालले प्रदेश सांसद मल्ल अहिले आफूहरुको सम्पर्कमा आएको उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले अपहरण गरेको बताइएको छ । शुक्रबार बिहान सांसद देवकी मल्लको सैसुबाट अपहरण भएको थियो ।केही दिन अघि मात्रै विप्लव समर्थक अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सम्मेलनमा राज्यले अवरोध पुर्याएको, महिला सांसद भएर पनि निर्मला हत्या प्रकरणमा आवाज नउठाएको र नेकपाकी केन्द्रीय अध्यक्ष बिन्दु चन्दलाई गिरफ्तार गरेको र उनलाई तत्काल रिहाइ गर्नु पर्ने भन्दै सांसद मल्ललाई अपहरण गरेको विप्लव निकट स्रोतले जनाएको छ । तर सांसद मल्ललाई कसले र किन अपहरण गर्यो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी रहेको  प्रहरी नायव उपरीक्षक धितालले बताउनुभयो । मल्ल विथ्थड चिर गाँउपालिकाले आयोजना गरेको नारी दिवसको कार्यक्रममा सहभागी हुन विथ्थडचिर गाँउपालिकाको सैसु भन्ने ठाँउ जाने क्रममा उहाँ अपहरणमा पर्नु भएको हो ।मल्ल बझाङ (ख) बाट गएको प्रदेशसभा चुनावमा तत्कालीन माओवादीबाट विजयी भएकी हुनु भएको थियो ।