नेकपाकी सांसद मल्ल बेपत्ता, अपहरण भएको स्थानीयको भनाइ - News site from Nepal
नेकपाकी सांसद मल्ल बेपत्ता, अपहरण भएको स्थानीयको भनाइ

चैनपुर– बझाङको बुँगल नगरपालिकाबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश सांसद सम्पर्कविहीन भएकी छन् ।
विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा प्रदेश सांसद नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी हुन् ।
देवकी मल्ल बझाङ प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद हुन् । प्रहरीले सांसद मल्ल सम्पर्कविहीन भएको पुष्टि गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले सांसद मल्ल सम्पर्कविहीन भएको सूचना आएको बताए ।
स्थानीयले भने सांसद मल्लको अपहरण भएको बताएका छन् ।
मुखमा पट्टी बाँधेर आएका अज्ञात व्यक्तिले सांसद मल्ललाई नियन्त्रणमा लिएर लगेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!