पर्वतको जलजला गाउँपालिकाले यस्तो गर्यो निर्णय, आफ्नै गाउँ प्रहरी भर्ना गर्ने - News site from Nepal

पर्वत /पर्वतको जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने तयारी थालेको छ ।
गाउँपालिकाको बिहीबार सम्पन्न कार्यपालिका बैठकले प्रहरी भर्ना गर्नका लागि नियमावली बनाउने निर्णय गरेको हो ।
गाउँपालिकामा शान्ति सुरक्षा र प्राकृतिक स्रोत संरक्षण तथा उपयोगका लागि आफ्नै प्रहरीको आवश्यकता देखिएकोले नियमावली मस्यौदा गर्ने निर्णय गरेको अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले जानकारी दिए । ‘गाउँपालिकाको काममा जनपद प्रहरीबाट असहयोग भयो’ उनले भने ‘आगामी दिनमा आफ्नै प्रहरी आवश्यक देखिएकाले नियमावली मस्यौदा गर्न लागेका हौ’ कार्यालयको सुरक्षा र अन्य सुरक्षा समेत चुनौती थपिएपनि शान्ति सुरक्षा माग्दा जनपद प्रहरीले बेवास्ता गरेको आरोप अध्यक्ष मल्लले लगाए । प्रहरीले असहयोग गरेको भन्दै गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, प्रहरी प्रधान कार्यालय देखि गण्डकी प्रदेशका मुख्यमन्त्री सम्म पत्राचार गर्ने निर्णय गरेको अध्यक्ष मल्लले जानकारी दिए । ‘किटानी जाहेरी समेत नलिने अवस्था भएपछि बाध्य भएर माथिल्लो निकाय गुहार्नु परेको हो ’उनले भने ।
जिल्ला प्रहरी कार्यालय पर्वत र जलजला गाउँपालिकाका बिचमा लामो समय देखि मतान्तर देखिदै आएको छ । गाउँपालिकाले जनपद प्रहरीले आफ्नो अधिकार क्षेत्र बाहिर गएर अनावश्यक हस्तक्षेप गरेको तथा समन्वय बिना काम गरेको आरोप लगाउँदै आएको छ । प्रहरीले भने प्रचलित ऐन कानुनले दिएको अधिकार प्रयोग गरि कानुन बिपरित हुने गतिबिधी र कामलाई नियन्त्रण गरेको दाबी गर्दै आएको छ । खासगरी कालीगण्डकी नदीमा नदीजन्य पर्दाथ उत्खननका बिषयमा बिबाद हुँदै आएको छ । नेपाल प्रहरीले देशैभर सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत जलजलामा सञ्चालन हुन सकेको छैन । प्रहरीले गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्न असहयोग गरेको आरोप लगाउँदै आएको छ भने गाउँपालिकाले प्रहरीले समन्वय नै नगरेको दाबी गरेको छ ।
नियम बिपरित क्रसर चलाउन नदिने
जलजला गाउँ कार्यपालिकाले दर्ता नभएका क्रसर उद्योगहरुको अनुगमन गरि प्रकृया नपुगेको भए बन्द गर्ने निर्णय समेत गरेको छ । गाउँपालिका भित्र कालीगण्डकी नदी किनारमा क्रसर राख्दा सम्बन्धित निकायबाट प्रकृया पुरा गरेर मात्रै राख्न दिने तर जथाभावी रुपमा प्रकृया नपु¥याई सञ्चालन गर्दा अराकजकता बढ्ने भएकाले यस्तो निर्णय गरिएको कार्यपालिकाका सदस्यहरुले बताएका छन । सञ्चालित क्रसर उद्योगहरुमा अनुगमन गरि कागजात पु¥याउने र नपु¥याउन नसके बन्द गर्ने निर्णय भएको हो ।
प्रमुख प्रशासकीय अधिकृतको बिदाई

जलजला गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीलाई बिदाई गरेको छ । कर्मचारी समायोजनमा अधिकारीको गण्डकी प्रदेशम कार्यालयमा समायोजन भएकाले अधिकारीको बिदाई गरिएको हो । कार्यपालिकाले योजनाहरुको सम्झौता भएपनि निकासामा ढिलाई भएकाले थप रकम निकासाका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!