राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना - News site from Nepal

काठमाडौँ,–ः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्न नविनतम पहल जरुरी रहेको बताउनुभएको छ ।
लैङ्गिक समानताका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता, विभेदरहित व्यवहार हुनु जरुरी रहेको सन्देशमा उहाँको सन्देशमा उल्लेख छ । सन्देशमा उहाँले “संविधान कार्यान्वयनका क्रममा भएको तीन तहको निर्वाचनबाट सङ्घीय संसद्मा ३३.२३ प्रतिशत, प्रदेशसभामा ३४.३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व रहेकाले नीति निर्माण तहमा लैङ्गिक समानताका दृष्टिले नेपाल विश्व समुदायका लागि उदाहरण बनेको छ ।”
सन्देशमा महिला सशक्तीकरण, सकारात्मक विभेद, आरक्षण, विशेष संरक्षणका कार्यक्रममार्फत महिलाको चौतर्फी विकास गर्न जरुरी रहेको उल्लेख गर्दै समतामूलक समाज, राष्ट्र, एवं विश्व निर्माण गर्न आह्वानसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!