काठमाण्डौ – भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् ।
हिजो रातिदेखि नै देशका धेरै ठाउँमा पानी र हिउँ पारेको प्रणाली केही कमजोर भएपछि भोलिदेखि मौसममा सुधार हुने देखिएको मौसमविद् सुजन सुवेदीले बताउनुभयो । उहाँका अनुसार भोलि पश्चिमको मौसम आशिंक बदली भए पनि पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने सम्भावना छैन ।
यस्तै मध्य र पूर्वको केही ठाउँमा पानी पर्नेछ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि हुनेछ । तर हिजो र आजभन्दा भोलि थोरै पानी पर्ने मौसमविद्को अनुमान छ ।
पर्सि भने धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।