पर्वतको बर्राचौरमा चितुवाको आक्रमणवाट एक घाईते - News site from Nepal
पर्वतको बर्राचौरमा चितुवाको आक्रमणवाट एक घाईते

पर्वत– पर्बतको बिहादी गाउँपालिका वडा नं. २ बर्राचौरमा चितुवाको आक्रमणवाट एक व्यक्ति घाईते भएका छन् ।
घरमा बसिरहेका बेला स्थानीय ४८ बर्षिय यादव गिरीलाई चितुवाले आक्रमण गरेको हो । गिरीले पालेका कुखुराको फार्ममा कुखुरालाई आक्रमण गर्न आएको चितुवाले धपाउन जाने क्रममा आफैलाई आक्रमण गरेको घाईते गिरीले जानकारी दिनुभयो ।
घाईते गिरीको अहिले गुल्मीको पुर्तिघाटमा उपचार भइरहेको छ । उहाँको शरीरका विभिन्न ठाउँमा बाघले चिथोरेर घाउ बनाएको छ । अवस्था भने सामान्य रहेको गिरीले वताउनुभयो । उनको फार्ममा रहेका करिब २० हजार बराबरका ब्रोइलर र स्थानीय जातका कुखुरा बाघको आक्रमणबाट मरेका प्रहरी चौकी रानीपानीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!