पर्वतमा यसरी मनाईयो निजामती सेवा दिवस - News site from Nepal
पर्वतमा यसरी मनाईयो निजामती सेवा दिवस

पर्वत- सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ पर्वत जिल्लामा निजामती सेवा दिवस–२०७६ तीन दिनसम्म विविध कार्यक्रम गरि मनाइएकोे छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा गठित निजामती सेवा दिवस–२०७६ जिल्ला मूल समारोह समिति पर्वतले २०७६ शुक्रवार, शनिवार र आईतवार गरी तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईएको हो । पहिलो दिन पर्वत जिल्ला अस्पतालको परिसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा कर्मचारी लगायत विभिन्न क्षेत्रका १३ जना व्यक्तिहरुले रक्तदान गरेका थिए । त्यसैगरी शनिवार कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल कार्यक्रम सम्पन्न भएको थियो । सशस्त्र प्रहरी बलचण्डिका गणको परिसरमा भएको उक्त मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारी ३–९ गोलले विजयी भएको थियो । त्यसैगरी शनिवारनै रेडियो परिसम्वाद कार्यक्रम सम्पन्न भएको थियो ।
दिवसको अन्तिम दिन आइतवार बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय पर्वतको प्राङगणबाट निजामती सेवा दिवस–२०७६ को प्रभात फेरी कार्यक्रम र मुल समारोह सहित सम्पन्न भएको छ । जिल्ला मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रक्तदान गर्ने रक्तदाता, मैत्रीपूर्ण फुटबल खेलमा सहभागिता जनाएका सम्पूर्ण खेलाडीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले समग्र कर्मचारीहरु एकजुट भई आफ्ना व्यवसायिक हकहितमा लाग्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालले सबै निजामती कर्मचारी सेवाग्राहीलाई केन्द्र बिन्दुमा राखी कार्यस्थलमा खटिनु पर्ने बताउनुभयो । उहाँले साथै प्रस्तावित संघीय निजामती सेवा ऐनमा समग्र कर्मचारीका सेवा सुविधा लगायत वृत्ति विकासका सम्बन्धमा जिल्ला स्तरमा क्रियाशील सबै टे«डयुनियन कर्मीहरुको साझा धारणा बनाई केन्द्रमा पेश गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा कर्मचारी मिलन केन्द्र पर्वतका अध्यक्ष हरि पंगेनी, आधिकारिक ट्रेडयुनियन पर्वतका अध्यक्ष उद्धिमराज पौडेल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष बखतबहादुर खड्का, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारी, नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष याम प्रसाद शर्मा लगायतका वक्ताहरुले निजामती सेवा दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । आधिकारिक ट्रेड युनियन पर्वतका उपाध्यक्ष रामशर्मा लामिछानेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी एवं कर्मचारी मिलन केन्द्र पर्वतका सचिव अमृत सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!