पर्वतको जलजलामा प्रदेश तथा स्थानीय कोष संचित व्यवस्थापन प्रणाली लागु - News site from Nepal

पर्वत– उत्तरी पर्वतको जलजला गाँउपालीकाले चालु आर्थीक वर्ष ०७६।७७ देखी प्रदेश तथा स्थानीय सचित कोष व्यवस्थापन प्रणाली पुर्ण रुपमा लागु गरेको छ ।
यो सूत्र प्रदेश तथा स्थानीय तहमा आधारभूत बजेटिङ् तथा लेखाांकन मापदण्डमा आधारीत आर्थिक कारोवारको व्यवस्थापन सहजरूपमा गराउने उद्देश्यले विकास गरीएको वेभमा आधारीत प्रणाली हो । सुत्रको विकास अर्थ मन्त्रालयको निर्देशनमा सार्वजनीक खर्च तथा वित्तीय उत्तरदायीत्व सचिवालयले महालेखा नियन्त्रक कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा तयार पारेको हो ।
नेपाल सरकारको २०७४ मंसिर ३ गतेको निर्णयवाट स्वीकृत भएको यो प्रणाली चालु आर्थिक वर्षवाट सवै स्थानीय तहलाइ अनीवार्य गरिएको छ ।
जलजलाले गत आर्थिक वर्षदेखिनै लागु गर्ने प्रयास गरेको भएपनि यस आर्थिक वर्षवाट पुर्णरुपमा लागू गर्न सफल भएको जलजलाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । यो प्रणालीको प्रयोगवाट सार्वजनीक वित्त व्यवस्थापन प्रभावकारी हुनुका साथै वजेट तर्जुमा, लेखाकन एव खर्च सम्वन्धी प्रतिवेदनहरु स्वतः तयार हुने, प्रतिवेदनहरु समयमै आवश्यकता अनुसार हेर्न र प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । यो पारदर्शिता र सुशासनका लागि महत्वपुर्ण रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!