
पर्वत : पर्वतको कुश्मामा प्राज्ञिक विध्यार्थी परिषद नेपालको एकदिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी परिषद शिवालय मा वि अध्यक्ष विपना सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा , प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रिय सदस्य पृथ्वीनारायण शर्मा लगाएतले आफ्ना भनाईहरु राख्दै हरेक ठाउमा बेथिति मौलाइरहेको अवस्थामा आफू भन्दा राष्ट्र सर्वोपरि ठानेर अगाडी बढ्न सक्ने कर्मठ युवा देशले चाहेको बताउनु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद पर्वतका निवर्तमान अध्यक्ष घनश्याम पौडेलले कार्यक्रमको लक्ष्य र उदेश्य माथी प्रकाश पार्नु भएको थियो । प्राज्ञिक विद्यार्थी परिषद नेपाल हिमालय मा वि इकाई सचिव बिबेक गिरिले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सन्चालन प्राज्ञिक विद्यार्थी परिषद नेपालका प्रदेश सदस्य कुलचन्द्र पौडेलले गर्नु भएको थियो भने कार्यक्रममा विभिन्न विध्यालयका थुप्रै विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको दोस्रो चरणमा प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रिय सदस्य पृथ्वीनारायण शर्मा र प्राज्ञिक विद्यार्थी परिषद केन्द्रिय सदस्य अनोज पोख्रेलले प्रशिक्षण दिनु भएको थियो । उक्त भेलाले घनश्याम पौडेलको अध्यक्षतामा २४ सदस्यीय नगर समिती समेत गठन गरेको छ । समितिको उपाध्यक्षम कुलचन्द्र पौडेल र प्रदिप लामिछाने चयन हुनु भएको छ ।
त्यस्तै समितिको सचिवमा विपना सापकोटा , सहसचिवमा विवेक गिरि छात्रा प्रमुखमा पुजा गिरि सहछात्रा प्रमुख मा विमला शर्मा , कोषाध्यक्ष मा नोदराज शर्मा र पत्रीका संयोजकमा शान्ती फगामी चयन हुनु भएको छ ।