आज ४० औं राष्ट्रिय शिक्षा दिवस  - News site from Nepal
आज ४० औं राष्ट्रिय शिक्षा दिवस 
काठमाडौं : आज ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। “हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो।
४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा विषेश कार्यक्रम गरिँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने कार्यक्रममा विभिन्न ११ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु पुरस्कृत हुँदैछन्। यस्तै राष्ट्रिय शिक्षा दिवसको अवसरमा आङ्गिक, सामुदायिक र निजी क्षेत्रका १/१ वटा गरी ३ वटा क्याम्पसहरुलाई उत्कृष्टताको आधारमा नगदसहित पुरस्कारबाट पुरस्कृत गर्ने गरिने मन्त्रालयले जनाएको छ। दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देश जारी गर्दै जीवन उपयोगी शिक्षाको विकास सरकारको प्राथमिकता रहेको बताएका छन्।
ज्ञान, शिप र प्रविधीलाई उपयोग गर्दै आगमी दिनहरुमा नेपालले शैक्षिकस्तर माथि उठाउने र वर्तमान सरकारको कार्यक्रम र गतिविधी त्यहि दिशातर्फ लक्षित रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे। हाल सम्म ५१ वटा पुर्ण साक्षर जिल्ला घोषित भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार आगामी दुइ वर्षभित्र साक्षर नेपाल घोषणा गर्न प्रतिवद्ध रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!