भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन, स्वराजको त्यो अन्तिम ट्वीट …….. - News site from Nepal

एजेन्सी  |  भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। सत्ताधारी भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ स्वारजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा हृदयघातबाट निधन भएको हो।

सुषमा स्वराजको निधन भएको अस्पतालमा भारतीय रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन र केन्द्रीयमन्त्री नितिन गडकरीलगायत तमाम नेता कार्यकर्ता अस्पताल पुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह अबको केहीबेरमा एम्स अस्पताल जाने बताइएको छ। ६७ वर्षीया स्वाराज लामो समयदेखि बिरामी थिइन्।

उनले स्वास्थ्य अवस्था कमजोर रहेको अवस्था दर्शाउँदै प्रधानमन्त्री मोदीलाई पछिल्लो समय मन्त्री नबनाउन पनि आग्रह गरेकी थिइन् भने उनी लोकसभा निर्वाचनमा उम्मेदवार पनि बनेकी थिइनन्। मोदीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा उनी विदेशमन्त्री भएकी थिइन्। स्वराज सामाजिक संजाल ट्विटरमा सक्रिय नेतृ थिइन्। उनले विदेशमन्त्री रहेको बेला पनि विभिन्न मुलुकमा रहेका भारतीय नागरिकलाई ट्विरटरमा मेन्सन गरेकै भरमा सहयोग गर्न तम्सिने गर्थिन्।

उनले आफ्नो कार्यकालमा धेरै व्यक्तिको उद्दार र सहयोग गरेका समाचार सार्वजनिक हुने गरेका थिए। स्वराजले आफ्नो जीवनको अन्तिम दिनसम्मै सामाजिक संजाल ट्विटरमा सक्रिय थिइन्। उनले मंगलबार मात्रै एक ट्विट गरेकी थिइन्। भारत सरकारले जम्मु कश्मीरलाई विशेष दर्जा दिने संवैधानिक व्यवस्था फिर्ता गरेकोमा सुषमाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसंसामा ट्विट गरेकी थिइन्। उनले आफू आजकै दिन देख्ने प्रतिक्षा गरिरहेको लेखेकी थिइन्। उनले लेखेकी थिइन्: सुषमाको निधनमा प्रधानमन्त्री मोदीले लगातार पाँच ट्विट गरेका छन्। उनले सुषमा स्वराजको निधनले आफूलाई र भारतीय जनता पार्टी तथा भारतलाई ठूलो नोक्सान भएको लेखेका छन्। प्रतिपक्षी दल भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि सुषमा स्वराजको निधनमा दुख व्यक्त गरेका छन्।

उनले सामाजिक संजाल ट्विटरमार्फत श्रदाञ्जली व्यक्त गर्दै ट्विट गरेका छन्। सुषमा स्वराज सबैभन्दा कम उमेरकी क्याबिनेट मन्त्री बनेकी थिइन् भने पहिलो मुख्यमन्त्री रहेकी पनि भारतीय संचारमाध्यमले जनाएका छन्। उनी पहिलो महिला मुख्यमन्त्री पनि थिइन्। सन् १९९८ मा उनी दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्। इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री स्वारज थिइन्।

शुष्माको सन् २०१६ मा मन्त्री रहेका बेला नै किड्नी ट्रान्सप्लान्ट गरिएको थियो। सत्ताधारी भारतीय जनता पार्टीकी नेतृ स्वराज यसअघी भाजपाकी प्रमुख प्रतिपक्ष दलकी नेतृसमेत रहेकी थिइन्। स्वराजलाई सन् २०१४ मा प्रधानमन्त्रीको रूपमा पनि हेरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!