फलेवास नगरका हरेक स्वास्थ्य चौकीमा डाक्टर : नगरप्रमुख शर्मा - News site from Nepal
फलेवास नगरका हरेक स्वास्थ्य चौकीमा डाक्टर : नगरप्रमुख शर्मा

लक्ष्मण बिश्वकर्मा
पर्वत-
फलेवास नगरपालिकामा स्वास्थ्य सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम तथा बहुक्षेत्रिय पोषण योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
स्थानीय तहको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम आजबाट नगरपालिकाको सभाहलमा सुरु भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पदमपाणी शर्माले नगरका जनताको स्वास्थ्य हितको लागि नगरपालिकालले स्वास्थ्य बिधेयक बनाएर कार्यनयन गर्न लागेको बताउनुभएको छ । 
स्वास्थ्य चौकीका प्रमुखहरुले एकअर्कामा अनुभव आदानप्रदान गरि स्वास्थ्य सेवालाई सरल,सहज र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
नगरका हरेक स्वास्थ्य चौकीमा डाक्टर, औषधि र उपकरणको सहि व्यवस्थापन गर्नुका साथै 
जटिल रोग लागेमा नगरले कसरी व्यवस्थापन गर्ने विषयमा पनि योजना बनाउने तयारी गरेको बताउनुभयो ।
कुनैपनि व्यक्ति स्वास्थ्य हुनु भनेको रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपमा सधैं स्वास्थ्य रहनुपर्ने शर्माले बताउनुभयो ।
स्वस्थ्य मानिसको संवेदनशील कुरा भएको हुँदा स्वास्थ्य चौकीमा टिप्पणी रहित कार्य संपादन गर्न स्वास्थ्य चौकीका प्रमुखहरूलाई आग्रह गर्नुभयो । 
तस्वास्थ्य सेवालाई अझै गुणस्तरीय बनाउन यो तालिम कोषेढुगा साबित हुने बताउदै उपलब्धि मुलक तरिकाले तालिम सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका ११ वटै वार्डका वार्ड अध्यक्ष तथा स्वास्थ्य चौकीका प्रमुखहरुको सहभागीता रहेको छ । स्वास्थ्य र पोषण सम्बन्धि बिषयमा ३ दिनसम्म संचालन हुने कार्यक्रम २५ गते समापन हुनेछ ।
उक्त अभिमुखिकरण कार्यक्रमको स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत दिपक भण्डारी, पोषण शाखा प्रमुख गोपाल आचार्य, फलेवास नगरपालिकाका स्वास्थय शाखाबाट विजय क्षेत्री, लाल बहादुर थापा लागएतले सहजीकरण गर्नुभएको छ ।
नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वास्थ्य शाखाका लाल बहादुर थापाको स्वागत मन्तव्य र कार्यक्रमको संचालन नगरपालिकाका स्वस्थ्य संयोजक विजय क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!