पर्वतमा मानव वेचविखन तथा ओसापसार विरुद्दको सप्ताहव्यापी अभियान सकियो  - News site from Nepal

पर्वत– समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतको सभाहलमा मानव वेचविखन तथा ओसापसार विरुद्दको सप्ताहव्यापी अभियान अन्तरगत जिल्ला स्थित विभिन्न सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बढ्दो मानव बेचविखनका घटनाहरुको न्यूनिकरणका लागि तल्लो तहसम्म जनचेतना फैलानुपर्नेमा जोड दिनुभयो । नेपालले मानव वेचविखन रोकथाममा सवैको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै अशिक्षा र गरिबीको चेपेटामा परेकाहरु बढि मात्रामा यसको सिकार बन्ने गरेको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकरी छवीलाल सुवेदी, कुश्मा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष मिना कर्माचार्य, वडा नं. ६ का वडाध्यक्ष रुद्र गिरी, ७ नं.वडाका वडाध्यक्ष सुवासचन्द्र पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतका अध्यक्ष शिव प्रसाद सुवेदी, निवर्तमान अध्यक्ष मान कुमरी गिरी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझी लगायतले आ–आफ्नो घारणा राख्नुभएको थियो ।
मानव वेचविखन तथा ओसारपसार विरुद्द संचालित सप्ताहव्यापी कार्यक्रमको समापन भएको पनि प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!